चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदानप्रदान गर्ने उद्देश्यले बिक्रम संवत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई नेपालमा औपचारिक रुपमा हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ।सन् १९७४ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि विश्व मञ्चमा नेपालको हुलाक सेवाको उपस्थिति भई नेपालमा अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच सम्भव भएको पाइन्छ। सञ्चारमा पुरानो ईतिहाँस बोकेको हुलाक सेवालाई नेपालमा थप व्यवस्थित, प्रभावकारी र जनमूखी बनाउन विक्रम सम्बत् २०१९ मा हुलाक सेवा ऐन र २०२० मा हुलाक नियमावली आएपछि हुलाक सेवाको समूचित व्यवस्थापन गर्दै आएको हुलाक सेवा विभाग अन्तर्गत बि.सं.२०२० मा स्थापना भएको जिल्ला हुलाक कार्यालय डडेल्धुराले नियमित रुपमा सेवा प्रवाह गर्दै आएको छ। नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय, हुलाक सेवा विभाग, हुलाक निर्देशनालय कैलाली अन्तर्गत रहेको यस कार्यालय अन्तर्गत पालिका हुलाक कार्यालय -६, हुलाक काउन्टर -१ र अतिरिक्त हुलाक १९ वटा रहेका छन्।